एमालेको सचिवालय बैठक सुरु

शनिबार, फागुन २७, २०७९

काठमाडौँ– नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो । 

बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ । 

No description available.

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । त्यसका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । 

उपराष्ट्रपतिको लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्