एमालेले बोलायो सचिवालय बैठक

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ –नेकपा (एमाले)ले सचिवालय बैठक डाँकेको छ । शनिबार बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिनेछ । शनिबार नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २०:३७
प्रतिक्रिया दिनुहोस्