शहीद स्मारक ‘ए’ डिभिजन लिग : चर्च ब्वाइजको लगातार तेस्रो जित

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ –शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाईटेडले लगातार तेस्रो जित निकालेको छ ।

लिग अन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको छ ।

चर्च ब्वाइजका लागि आशिष चौधरीले खेलको २० औं मिनेटमा गरेको गोल नै चर्च ब्वाइजलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

लगातार तेस्रो जितपछि ९ अंक जोडेर चर्च ब्वाइज शीर्ष स्थानमा छ ।

हिमालयन शेर्पाको यो पहिलो हार हो । पहिलो खेलमा मनाङसँग बराबरी खेलेको हिमालयनले दोस्रो खेलमा नेपाल पुलिसलाई पराजित गरेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २०:२९
प्रतिक्रिया दिनुहोस्