आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध पिएनजीको जित

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृंखलामा पपुवा न्युगिनी (पिएनजी) ले युएईलाई ५६ रनले हराएको छ ।

पिएनजीले दिएको २४७ रनको लक्ष्य पछ्याएको युएई ४२.२ बलमा १९० रनमा अलआउट भयो । युएईका लागि आर्यन लाक्राले ५१ र मुहम्मद वसीले ४१ रन बनाए । बलिङतर्फ पिएनजीका रिले हिकुरेले ३ तथा कबुआ मोरे र आसाद भालाले २÷२ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४६ रन बनाएको थियो । पिएनजीका लागि सेसे बाउले नटआउट ८१, हिरी हिरीले ७७ र किप्लिन डोरिगाले ५५ रन बनाए ।

बलिङतर्फ युएईका लागि आयन अफजल खानले ३ तथा जुनैद सिद्दिकी र जहुर खानले २÷२ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्