इटहरी गोल्डकप ४ चैतदेखि

शुक्रबार, फागुन २६, २०७९

इटहरी –१३ औ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल ४ चैतदेखि हुने भएको छ । इटहरीको सबैभन्दा पुरानो क्लब राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने गोल्डकप १ सातासम्म चल्ने शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ ।

इटहरी रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रूपैयाँ पुरस्कार पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रूपैयाँ प्रदान गरिनेछ ।

इटहरी उपमहानगरपालिकाको संयोजन रहेको प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, चर्ज ब्वाइज, मछिन्द्र क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, रोलिङ क्लब झापा, डिफेन्डिङ च्याम्पियन सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लब गरी १० टिमको सहभागिता रहनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्