‘ए’ डिभिजन लिगमा आज २ खेल हुँदै

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजबाट तेस्रो चरणको खेलहरु हुँदैछन् । लिगको तेस्रो चरणअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् । 

एक खेल दशरथ रंगशाला र अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा एफसी खुमलटार र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो २ः३० बजे हुनेछ । दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लव र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । 

हिमालयन र चर्च ब्वाइजबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०९:४४
प्रतिक्रिया दिनुहोस्