युरोपा लिग :

फ्रेइबर्गमाथि युभेन्ट्सको साँघुरो जित

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– युरोपा लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा इटालियन क्लब युभेन्ट्सले जर्मन क्लब फ्रेइबर्गमाथि साँघुरो जित निकालेको छ ।

गएराति भएको खेलमा घरेलु टोली युभेन्ट्सले फ्रेइबर्गलाई १–० गोल अन्तरले हराएको हो ।

युभेन्ट्सलाई जित दिलाउन एंगेल डी मारियाले ५३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

यस जितसँगै युभेन्ट्सले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।  यता, फ्रेइबर्गले भने घरेलु मैदानमा हुने खेलबाट ततिजा उल्टाउनुपर्ने छ ।

अन्तिम १६ कै अन्य खेलहरूमा स्पेनिस क्लब सेभियाले टर्किस क्लब फेनरवाचलाई २–० ले हराएको छ ।

यस्तै, युक्रेनी क्लब साख्तर डोनेक्ट्स र डच क्लब फियेनुर्डले १–१ गोलको बराबरी खेलेका छन् । 

यसैगरी, जर्मन क्लब युनियन बर्लिन र बेल्जियन क्लब युनियन सेन्ट गिलोइसेले ३–३ गोलको बराबरी खेलेका छन् । 


 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०८:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार