प्रिमियर लिग लिडर आर्सनल युरोपा लिगमा लयमा देखिएन

लिस्बनसँग बराबरीमा रोकियो 
शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको आर्सनल युरोपा लिगमा भने लयमा देखिएन । अन्तिम १६ को पहिलो लेगमा आर्सनल तुलनात्मक कमजार मानिएको पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनसँग बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा आर्सनल लिस्बनसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

लिस्बनको घरेलु मैदानमा विलियम सालिबाले २२ औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

तर, खेलको ३४ औँ मिनेटमा गोन्कालो इनासियोले गोल गर्दै लिस्बनलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ५५ औँ मिनेटमा पाउलिन्होले गोल गरेपछि लिस्बनले २–१ को अग्रता लियो ।

तर, खेलको ६२ औँ मिनेटमा लिस्बनका हाइडमासा मोरिटाले आत्मघाती गोल गर्न पुगे । त्यसपछि आर्सनल हारबाट जोगिएको हो ।

अब दुई टोलीबीचको दोस्रो लेग मार्च १७ मा आर्सनलको मैदानमा हुनेछ । सो खेलमा जुन टोलीले जित्छ उही अर्को चरणमा पुग्नेछ । 

अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४–१ गोल अन्तरको फराकिलो जित निकालेको छ ।


 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०८:३४
प्रतिक्रिया दिनुहोस्