युरोपा लिग :

रियल बेटिसमाथि म्यानचेस्टर युनाइटेडको फराकिलो जित

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– युइएफए युरोपा लिग फुटबलको राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले फराकिलो जित निकालेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा इंग्लिस क्लब युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४–१ गोल अन्तरको फराकिलो जित निकालेको हो ।

खेलको छैटौँ मिनेटमा नै मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

तर खेलको ३२ औँ मिनेटमा बेटिस खेलमा फर्कियो । मिनेटमा आयोजे पेरेजले गोल गर्दै बेटिसलाई १–१ गोलको बराबरीमा ल्याए ।

तर, यो बराबरी पहिलो हासम्म मात्रै टिक्यो । खेलको ५२ औँ मिनेटमा एन्टोनीले गोल गर्दा युनाइटेड २–१ ले अघि रह्यो । ५८ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई ३–१ को अग्रता दिलाए । युनाइटेड यतिमै रोकिएन ।

त्यसपछि खेलको ८२ औँ मिनेटमा वोउट वेगहर्स्टले गोल गर्दै युनाइटेडलाई ४–१ को सहज जित दिलाए ।

यस जितसँगै युनाडटेडको अर्को चरणमा पुग्ने सम्भावना बलियो बनेको छ ।

दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा हुनेछ । सो खेल बेटिसको मैदानमा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०७:३६
प्रतिक्रिया दिनुहोस्