इलाम नगरपालिकाले जित्यो राष्ट्रपति रनिङ शिल्ड 

शुक्रबार, फागुन २६, २०७९

मंगलबारे– इलामको फाकफोकथुममा सम्पन्न १३औँ राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकाले जितेको छ । बिहीबार सम्पन्न फाकफोकथुम गाउँपालिका–३ आमचोकस्थित सिंहदेवी माविको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा इलामले २४ स्वर्ण, सात रजत र १० कास्य प्राप्त गर्‍यो । 

दोस्रो स्थान थुलाथुली गाउँपालिकाले हासिल गरेको छ । सो गाउँपालिकाले नौ स्वर्ण, आठ रजत र पाँच कास्य प्राप्त गर्‍यो । ६ स्वर्ण, ६ रजत र १० कास्य पदकसहित सूर्योदय नगरपालिका तेस्रो भयो  । पाँच स्वर्ण, सात रजत र चार कास्यसहित फाकफोकथुम गाउँपालिकाले चौथो स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । 

May be an image of 9 people and people standing

यस्तै तीन स्वर्ण, एक रजत र पाँच कास्यसहित देउमाई नगरपालिका पाँचौँ, दुई स्वर्ण, पाँच रजत र पाँच कास्यसहित रोङ गाउँपालिका छैर्टाँ, दुई स्वर्ण, दुई रजत र दुई कास्यसहित माइजोगमाई गाउँपालिका सातौँ, एक स्वर्ण, पाँच रजत र आठ कास्यसहित माई नगरपालिका आठौँ, तीन रजत र दुई कास्यसहित माङसेबुङ गाउँपालिका नवौँ तथा दुई रजत प्राप्त गरेको सन्दकपुरले १०औँ स्थान हासिल गरेको छ । 

सहभागीलाई फाकफोथमुका अध्यक्ष दीपेन्द्र खनालले शिल्ड, मेडल र पुरस्कार प्रदान गरे । चौधौँ प्रतियोगिता माङसेबुङ गाउँपालिकामा आयोजना गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०७:१४
प्रतिक्रिया दिनुहोस्