नेभिगेशन
खेलकुद

बर्षाले रोकियो नेपाल र बहराइनबीचको खेल

काठमाडौँ - नेपाल र बहराइनबीचको खेल वर्षाले अवरुद्ध भएको छ । 

थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल र बहराइनबीचको खेल पहिलो इनिंगको १२.४ ओभरपछि रोकिएको हो ।

यस खेलमा बहराइनले टस जितेर पहिला ब्याटिंग गरिरहेको थियो । बहराइनले बर्षाले खेल रोकिनुअघि १२.४ ओभरमा ३ विकेट गुमाउदै ७६ रन बनाएको थियो ।

नेपालले जारी प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध  बर्षाले रद्ध भएपछि अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो ।

त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो । त्यस्तै बहराइनले खेलेका दुई खेलमा एक हार र एक खेलमा अंक बाँडेको छ ।

नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्न यो खेल जित्नै पर्ने अवस्था छ भने अर्को खेलमा बहराइनले हङकङ चाइनालाई पराजित गर्नुपर्ने देखिएको छ ।   

कुल ९ देशले भाग लिने यस एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ । नेपालको समुहमा बहराइन र हङकङ रहेका छन् । एशिया छनौटको समुह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समुह बी मा मलेसिया, कतार युएई रहेका छन् ।


समुहमा हरेक टिमले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि समुह बिजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन् । फाइनल राउण्डमा एक अर्काविरुद्ध खेलेपछि शिर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद