‘ए’ डिभिजन लिगमा आज २ खेल हुँदै

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । 

एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र जावलाखेलबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । एनआरटी पहिलो जितको खोजिमा रहेको छ । पहिलो खेलमा एनआरटीलाई सातदोबाटो युथ क्लवले हराएको थियो । 

जावलाखेलले भने पहिलो खेलमा मछिच्न्द्र फुटबल क्लवलाई हराएको थियो । च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्रबीच प्रतिस्पर्धा हुनेछ । 

आर्मी र मच्छिन्द्रबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । आर्मी पहिलो जितको योजनामा रहेको छ । आर्मीले पहिलो खेलमा संकटा क्लबसँग बराबरी खेलेको थियो । 

मच्छिन्द्र भने पहिलो अंकको खोजीमा रहेको छ । मच्छिन्द्रलाई पहिलो खेलमा जावलाखेलले हराएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १०:००
प्रतिक्रिया दिनुहोस्