ए डिभिजन लिगमा हिमालयन शेर्पाको पहिलो जित

बुधबार, फागुन २४, २०७९

काठमाडौँ –सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले पहिलो जित दर्ता गरेको छ । 

अमृत श्रेष्ठको निर्णायक गोलमा हिमालयन शेर्पाले पहिलो पटक जित हासिल गरेको हो । योसँगै विभागीय टोली नेपाल पुलिस क्लबले लिगमा लगातार दोस्रो हार व्यहोरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा शेर्पाले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । इन्ज्युरी समयमा अमृत श्रेष्ठले गोल गर्दै शेर्पाको जित पक्का गरे ।  

बिहीबार नै हुने अर्को खेलमा मनाङ मस्र्याङदी क्लब र संकटा क्लब खेल्नेछन्। खेल दशरथ रगंशालामा साँझ साढे ५ बजेपछि सुरु हुनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्