केपी ओली र माधव नेपालबीच भेट

बुधबार, फागुन २४, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । 

नेपालका भाई सरोजकुमार उपाध्यायको निधनपछि शोकमा रहेका माधव नेपाललाई समवेदना दिन ओली गएका थिए । 

किरियापुत्री भवनमा रहेका माधव नेपाल र ओलीबीच केही बेर कुराकानी भएको नेपालको सचिवालयले बताएको छ । 

दुई नेताको भेटमा पारिवारिक विषयमा सामान्य कुराकानी भएको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्