नेभिगेशन
समाज विविध

अखिल क्रान्तिकारीद्वारा उम्मेदवारी घोषणा

विराटनगर –अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पस विराटनगरमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको हो ।

स्ववियु निर्वाचन ५ चैत्रमा हुँदैछ । अखिल क्रन्तिकारीले सभापतिमा रोहित यादव विकास र सचिवमा आशिका लम्साललाई उम्मेदवार बनाएको छ ।

कोषाध्यक्ष र सदस्यको उम्मेदारी केही दिनपछि घोषणा गर्ने तयारी रहेको क्रान्तिकारी महेन्द्र मोरङ बहुमुखी क्याम्पस इकाई कमिटीका इन्चार्ज अभिमन्यु यादवले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध