‘ए’ डिभिजन लिगमा आज महिलालाई निःशुल्क प्रवेश

बुधबार, फागुन २४, २०७९

काठमाडौँ –सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज हुने तीन खेलहरू हेर्न महिलालाई निःशुल्क प्रवेश दिइएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार एक दिनका लागि लिगका खेलहरू हेर्न महिलालाई निःशुल्क प्रवेश दिइएको हो । लिगको आर्थिक स्वामित्व लिएको एमडीएसी स्पोर्ट्सले बुधबारका खेलहरू हेर्न महिलालाई साधारण प्यारापिटतर्फ प्रवेश निःशुल्क गरिएको जनाएको हो । 

लिगमा बुधबार च्यासल र दशरथ रंगशाला गरी ३ खेलहरू हुँदैछन् । दिउँसो २ः३० बजे च्यासलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सोही समयमा दशरथ रंगशालामा नेपाल पुलिस क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, साँझ ५ः३० बजे मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्