काठमाडौँमा वर्षा, आन्तरिक उडान प्रभावित 

बुधबार, फागुन २४, २०७९

काठमाडौँ– अहिले काठमाडौं उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ । आज बिहानैबाट काठमाडौंसहित देशभरका पहाडी भू–भागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको छ ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै मौसम सफा नहुँदा आन्तरिक उडानसमेत प्रभावित बनेको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ०९:३७
प्रतिक्रिया दिनुहोस्