‘ए’ डिभिजन लिगमा आज तीन खेल 

बुधबार, फागुन २४, २०७९

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेल हुँदैछन् । आज दशरथ रंगशालामा दुई र एक खेल च्यासल मैदानमा हुनेछ । 

दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् । पुलिस र हिमालयनबीचको खेल दिउँसो २ः३० बजे सुुरु हुनेछ । 

पुलिस पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो । हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ । पहिलो खेलमा हिमालयनले मनाङ मस्र्याङ्दी क्लबसँग बराबरी खेलेको थियो । 

दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र संकटाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

च्यासल मैदानमा हुने खेलमा एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्