‘ए डिभिजन लिग’मा चर्च ब्वाइजको लगातार दोस्रो जीत

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– शहीद स्मारक ‘ए डिभिजन लिग फुटबल’मा चर्च ब्वाइज युनाईटेडले लगातार दोस्रो जीतत निकालेको छ ।

मंगलबार दिउँसो एन्फा कम्प्लेक्समा सातदोबाटोमा भएको खेलमा एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजीतत गर्दै चर्च ब्वाइज लगातार दोस्रो जीतत निकाल्न सफल भएको हो ।

चर्च ब्वाइजको जीततमा आशिष चापागाईंले दुई र एरिक बिष्टले एक गोल गरे । खुमलटारका मेसुके ओलुमोउले एक गोल गरे ।

जीततसँगै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चर्च ब्वाइजले २ खेलमा ६ अंक जोडेको छ । 

लिगको पहिलो खेलमा चर्च ब्वाइजले पुलिस क्लवलाई हराएको थियो । 

अर्को खेलमा थ्री स्टार र फ्रेण्ड्स क्लवले ३–३ गोलको बराबरी खेलेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १९:२९
प्रतिक्रिया दिनुहोस्