कोटेश्वरमा दुर्घटना हुँदा १ जनाको मृत्यु, १ घाइते

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– काठमाडौँको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा प्रदेश ३–०२–००९प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका–५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बालाको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामंगलमा गएराति मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ महिलाको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्