‘ए’ डिभिजन लिगमा आज २ खेल हुँदै

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मंगलबार २ खेल हुँदै छन् ।

एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ । एन्फा कम्प्लेक्समा २ नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार भिड्नेछन् । चर्च ब्वाइज र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

पहिलो खेलमा चर्चले नेपाल पुलिस क्लबलाई हराएको थियो । खुमलटार पनि दोस्रो जितको खोजीमा छ । खुमलटारले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई हराएको थियो ।

यस्तै च्यासल मैदानमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । २ टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्