पल शाहले लेखे– मसँग जोडीएका सबैलाई सदा सम्मान र सद्भाभ, गालि नगरिदिनुस्

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– अभिनेता पल शाहले आफूसँग कसैप्रति रिस र प्रतिसोध नरहेको बताएका छन्। 

सोमबार परिवारसँग होली मनाएका तस्बिर सार्वजनिक गर्दै उनले आफूसँग कसैप्रति रिस र प्रतिसोध नरहेको बताएका हुन् ।

पल एक वर्ष जेलमा बिताएर गत फागुन १५ गते मात्रै हिरा भएका हुन्। जबरजस्ती करणीको आरोपमा थुनामा रहेका पल शाहले उच्च अदालतबाट सफाइ पाएसँगै परिवारमा होली मनाउने अवसर मिलेको हो।

बितेको एक वर्षलाई आफूले सिकाईको उर्बर समयको रुपमा लिएको बताएका छन्।

पल शाहले लेखेका छन् 

नमस्कार सबैजनालाई

सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो।

बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।

साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ।

र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस ।

त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ। त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु।

रङ्गिन र सुखमय होस जीवन 

होलीको शुभकामना सम्पुर्णमा

- शाहको फेसबुकबाट साभार 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार