बालिका जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

सोमबार, फागुन २२, २०७९

पर्वत– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २७ वर्षीय दिपेन्द्र बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा अजिरकोट गाउँपालिका–५ घर भई पर्वत जलजला गाउँपालिका–३ बारीबेनीमा सडकको लेवर काम गरी बस्ने २७ वर्षीय दिपेन्द्र बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दिपेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित खाली घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  २०:३४
प्रतिक्रिया दिनुहोस्