यौन समागमको संकेत गर्दै भक्तपुरमा मनाइयो होली पर्व

सोमबार, फागुन २२, २०७९

भक्तपुर–उपत्यकाको भक्तपुरमा पनि भव्यरुपमा मौलिक किसीमले होली पर्व मनाइएको छ ।

भक्तपुरमा दत्तात्रय मन्दिर अघि रहेको भिमसेनको मन्दिरमा रहेको काठबाट बनेको मानव आकारको लिंग (लग) र रातो कपडाले बनाईएको योनी आकारको कपडालाई जुधाएर यौन समागमको संकेत गर्दै होली मनाउने प्रचलन छ । 

भक्तपुरमा दत्तात्रय स्थित भिमसेन मन्दिरमा राखिएको काठबाट बनेको लग अर्थात लिंगलाइ फागु शुक्ल पुर्णीमा अघि अष्टमीका दिन टोल–टोलमा घुमाएर सातदिनसम्म मनाईने होली पर्व सुरु हुने गर्दछ । 

holi bhakatapur111678106261.JPG

लिंगलाई स्थानीयले टोलटोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखेपछि विधिवत रुपमा होली सूरु भएको मानिन्छ । यसलाई टोलटोलमा रहेको पसलै पिच्छे घुमाएर पुजा गरी पुन पाटीमा ल्याएर झुण्डाए पछि हरेक दिन यसको दर्शन गर्न महिला तथा पुरुष आउने जाने र भेटि चढाएर पुजा गर्ने गर्दछन् । 

लिंगको दर्शन गरेर दक्षिणा दिए व्यापार फस्टाउने धार्मिक विश्वास रहेको स्थानीयबासीको बिश्वास छ ।बजार घुमाएर ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भिमसेनको पाटीमा सात दिनसम्म झुण्ड्याउने गरिन्छ । 

पाटीमा राखेको काठको लिंग हेर्न आन्तरिक र बाह्य पर्यटकको समेत भिड लाग्ने गर्दछ ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १८:१५
प्रतिक्रिया दिनुहोस्