ला लिगा :

रियल म्याड्रिड बराबरीमा रोकियो, उपाधि होड कमजोर

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा साविक विजेता विजेता रियल म्याड्रिड बराबरीमा रोकिएको छ । रियल गएराति घरेलु टोली बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

यस बराबरीले रियललाई घाटा भएको छ । उसको उपाधि होड कमजोर बनेको छ । रियल शीर्ष स्थानको बार्सिलोनासँग ९ अंकले पछि परेको छ ।

दोस्रो स्थानमा रहेको रियलको २४ खेलबाट ५३ अंक छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ६२ अंक छ । दुवैले समान खेल खेलका छन् । रियललाई बराबरीमा रोकेको बेटिस ४१ अंक जोडेर पाँचौं स्थानमा छ ।


 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्