ला लिगा :

 १० खेलाडीमा सीमित हुनका बाबजुद बार्सिलोना अग्रता जोगाउन सफल 

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियामाथि महत्वपूर्ण जित हात पारेको छ ।

गएराति भएको खेलमा १० खेलाडीमा सीमित भएको बार्सिलोनाले भ्यालेन्सियामाथि १–० को जित निकालेको हो । 

घरेलु मैदान बार्सिलोनाको जितमा पहिलो हाफमा राफिन्हाले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १५ औँ मिनेटमा गोल गरेका थिए ।

त्यसपछि खेलको ५५ औँ मिनेटमा फेरान टोरेसले पेनाल्टी चुकाएका थिए । ५९ औँ मिनेटमा रोनाल्ड एराउजोलाई सिधै रातो कार्ड खाएपछि बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । यसका बाबजुद बार्सिलोनाले आफ्नो अग्रता जोगाउँदै जित निकाल्न सफल भयो ।

यस जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले २४ खेलबाट ६२ अंक पुर्याएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ९ अंकले अघि छ ।

पराजित भ्यालेन्सिया २३ अंक जोडेर १९ औँ स्थानमा छ । यो रेलिगेसन जोन हो । 
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०७:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार