आजको मौसम :

कोसी, गण्डकी र सुदूरपश्चिमका पहाडी भागका चट्याङसहित वर्षा, लुम्बिनीमा हावाहुरी 

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– आज दिउँसो कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।  लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावनासमेत रहेको छ ।

‘दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च  पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।’

यसैगरी, आज राति कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

‘कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ,’ सूचनामा भनिएको छ, ‘कासी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।’
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०६:३०
प्रतिक्रिया दिनुहोस्