‘ए’ डिभिजन लिगमा आज पनि तीन खेल 

आइतबार, फागुन २१, २०७९

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज पनि तीन खेल हुँदैछन् । दुई खेल दशरथ रंगशालामा हुनेछन् भने एक खेल च्यासल रंगशालामा हुने बताइएको छ । 

दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लवबीच प्रतिष्पर्धा हुनेछ । आर्मी र संकटाबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । दशरथ रंगशालामा हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

मछिन्द्र र जावलाखेलबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । च्यासल मैदानमा हुने एक मात्र खेलमा न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र सातदोबाटोबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । 

तीनवटा मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । लिग यसपटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यसपटकको लिगमा कुल १८२ खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्