अपाङ्गता र ज्येष्ठ नागरिकलाई ‘ए’ डिभिजन लिगका सबै खेल निः शुल्क

शनिबार, फागुन २०, २०७९

काठमाडौँ –शहीद स्मारक ‘ए’ डिभिजन लिगका सबै खेलहरूमा अपाङ्गता भएका र जेष्ठ नागरिकहरुका लागि निःशुल्क गरिएको छ ।

खेलहरू सञ्चालन भइरहेका तीनवटै स्टेडियममा अपाङ्गता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर निःशुल्क प्रवेश गर्न पाइने व्यवस्था गरिएको छ ।

शुक्रबारदेखि सुरु भएको ए डिभिजन लिगका खेलहरू दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

अन्य दर्शकहरूका हकमा भने टिकटको व्यवस्था गरिएको छ । सामान्य प्याराफिटतर्फको टिकट मूल्य १०० र भीआईपी प्याराफिटतर्फको ३०० तोकिएको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १२:४१
प्रतिक्रिया दिनुहोस्