शहीद स्मारक ’ए’ डिभिजन लिग: फ्रेन्ड्स क्लबविरुद्ध एफसी खुमलटारको विजयी सुरुवात

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ –शहीद स्मारक ‘ए’ डिभिजन लिग को पहिलो खेलमै एफसी खुमलटार क्लवले विजयी सुरुवात गरेको छ ।  

शुक्रबारदेखि सुरु भएको खेलमा एफसी खुमलटार क्लवले फ्रेन्ड्स क्लवलाई १– ० गोलबाट हराएको छ । एफसी खुमलटार क्लवको जितको लागि ८९ औं मिनेटमा विदेशी खेलाडी ओलुमोउले  गोल गरेका हुन । खुमलटारले सहिद स्मारक ए डिभिजन लिग पहिलो पटक खेलेको हो ।  

जितसँगै खुमलटारले पहिलो खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्सले हारबाट लिगको सुरुआत गरेको छ ।

लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउनेछन्। मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।  

प्रत्येक खेलको विजेता क्लवले म्याच मनीबापत ५० हजार रुपैयाँप्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लवबीच रकम बराबर बाँडिनेछ। हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  २१:४८
प्रतिक्रिया दिनुहोस्