पनौतीमा महाअनुष्ठान [तस्बिर कथा ]

शुक्रबार, फागुन १९, २०७९

काभ्रे –पनौती नगरपालिका–२ स्थित आदित्य मोक्षधाममा महाअनुष्ठान सुरू भएको छ ।  यो महाअनुष्ठान इतिहासकै अनौठो र विलक्षण प्रयोग भएको आयोजक ओम आदि फाउन्डेसनले दाबी गरेको छ । बिहीबारदेखि सुरु भएको महाअनुष्ठानमा भक्तजनको घुँइचो लागेको छ ।

यसैक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाअनुष्ठानको कार्यक्रममा सहभागी भएका छन् । अध्यक्ष ओलीले बालगुरू आदित्यलाई पनि भेटेका छन् ।

विश्व कल्याण एवं संकट निवारणको उद्देश्यले आयोजना गरिएको महाअनुष्ठानमा नेपालका विशिष्ट व्यक्तिहरूको सहभागिता रहने आदि फाउन्डेसनले जनाएको छ ।  

महाअनुष्ठानमा १० कुण्डीय तान्त्रिक एवं मान्त्रिक हवनसमेत गरिनेछ । अग्नि एवं जलकुण्डका रूपमा लिइएको यो हवनमा देवी भागवत मात्रै नभई, सात पुराण एवं दुर्गा सप्तसती चण्डी पाठ र चार वेद पाठ पारायण (चार दिशामा) गरिने छ । 

फाउन्डेसनका सदस्य सचिव क्याप्टेन रामेश्वर थापाले तीन दिनसम्म दिव्य शिवलिंग एवं हिमालय प्रतिस्थापन, पृथ्वी यन्त्र, नवरत्न नागमणि, मकाली स्थापना, मकार यन्त्र पतिस्थापन, चित्त अग्नि साधना र १००८ शिवलिंग प्रतिष्ठा एवं विधिवत् अनुष्ठान गरिने बताए । 

महाअनुष्ठान आदित्य मोक्षधाम दारिम्बोट, कुशादेवीमा सुरू भएसँगै पनौतीमा चहलपहल निकै बढेको छ । 

मोक्षधाममा १ सयभन्दा बढी स्मारकहरू बनाइएको छ । प्रत्येक स्मारक एवं मन्दिर अनौठो र विलक्षण छन् । सबै स्मारक र मन्दिरका आर्किटेक्चर स्वयम गुरुदेव आदित्य हुन् । मोक्षधामलाई भविष्यमा धार्मिक गन्तव्य मात्र नभएर योग, ध्यान, साधना, संस्कार र संस्कृतिका विशाल ज्ञानकेन्द्र बनाउने परिकल्पना तयार गरिएको छ ।

21677839294.jpg

31677839327.jpg

41677839350.jpg

51677839375.jpg

61677839407.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्