नेभिगेशन
समाज विविध

अमेरिकामा रहेका नेपाली विद्यार्थीको संस्था नेसाले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

अमेरिका- संयुक्त राज्य अमेरिकाको न्यू मेक्सिको राज्यमा रहेको न्यू मेक्सिको स्टेट युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीको साझा संस्था नेप्लिज स्टुडेन्ट एसोसिएसन (नेसा )ले यही मार्च १८ गते अन्तर्राष्ट्रिय सम्मेलनको १४ औँ संस्करण गर्ने भएको छ ।

यो सम्मेलनको मूल नारा ‘नवप्रवर्तन र रूपान्तरणका लागि संबंध र सहकार्य ( कनेक्सन एन्ड कोल्लाबोरसन फोर इन्नोवसन एन्ड त्रन्स्फोर्मसन )’ रहेको छ ।   यो वर्ष  सम्मेलन सशरीर उपस्थित भएर सँगसँगैै भर्चुअल विधिबाट गरिने भएका कारण संसारभरबाट यो सम्मेलन म जोडिन सकिने सम्मेलनका संयोजक कौस्तुभराज न्यौपानेले बताए । नेसाले नेपाल र नेपाली विद्यार्थीको उन्नयन र अनुसन्धानसँग जोड्न सन् २००९ देखि सम्मेलन गर्दै आएको छ्र

यस सम्मेलनको प्रमुख उद्देश्य संसारभरका वैज्ञानिक अनुसन्धानकर्ताहरूलाई एउटै मञ्चमा उभ्याउनु  र कसरी सहकार्य गरेर आगामी दिनमा नवप्रबर्तनलाई टेवा पुर्याउन सकिन्छ भन्ने रहेको संयोजक न्यौपानेको भनाइ छ । अनुसन्धानको सार (अब्स्ट्राक) पेस गर्न आव्हान गरिसकिएको छ र पेश गर्ने अन्तिम मिति मार्च ३ रहेको छ । हाल न्यू मेक्सिको स्टेट युनिभर्सिटीमा ३२ जना नेपाली विद्यार्थीहरू स्नातक, स्नातकोत्तर र विद्यावारिधि अध्ययनरत छन् भने १०० भन्दा बढी दीक्षित भएर अध्ययन–अनुसन्धानमा संलग्न छन् ।

नेसाको १४ औँ सम्मेलनमा जलश्रोतविज्ञ एवम् पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवाली प्रमुख वक्ता रहनेछन् । उनले आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रममा अतिथि वक्ताको रूपमा प्राध्यापक म्यारी क्यामरुन, डा राजन घिमिरे, डा सबिता महर्जन्, डा दुर्गा नेउपाने, डा प्रबोध सत्याल र डा उत्तमबाबु श्रेष्ठले कार्यपत्र प्रस्तुत हुने बताइएको छ । नेसाका सभापति महेश लम्सालले भने, ‘हामीहरू अतिथि एवं विज्ञ वक्ताहरूको वैचारिक प्रस्तुतिले सम्पूर्ण हाम्रो सहभागी र प्रवासी परिवारलाई नेपालसँग जोड्ने कुरामा पूर्ण आशावादी छौ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध