नेपाल आयुर्वेदको खानी : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन् । 

शुक्रबार काठमाडौँमा सुरु भएको सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताए । 

आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रूपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थ लमा विभिन्न समस्या परिरहेको जनाए । 

उनले नेपाल आयुर्वेद क्षेत्रका लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसीलगायत अतिमहत्वपूर्ण वनस्पति पाइने उल्लेख गरे । 

आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरू जोगाइराख्नुपर्ने आवश्यकता देखिएकाले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको उनले बताए । उनले सरकारले आयुर्वेदलाई संरक्षण र संवद्र्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट काम गरिरहेको बताए । 

भारतले पनि नेपाललाई आयुर्वेदका औषधिहरू पाइने मुख्य थलोका रूपमा राखेको उल्लेख गर्दै नेपालका वनस्पतिहरूको संरक्षण संवद्र्धन गर्न जरुरी रहेको उनको भनाइ छ । उनले नेपालमा रहेका वनस्पतिहरूको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले यो महासभाले जलवायु परिवर्तनलाई पनि मध्यनजर गरेर छलफल र त्यसलाई न्यूनीकरण गर्ने कुरामा लाग्नेमा विश्वस्त रहेको बताए ।


 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार