एफए कप फुटबल : म्यानचेस्टर युनाईटेड क्वाटरफाइनलमा

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ –म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा युनाईटेड वेस्ट ह्यामलाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।

युनाइटेडको जितमा एलेजान्द्रो गर्नाचो र फ्रेडले गोल गरे । यस्तै, एक गोल भने उपहार पाएको थियो । वेस्ट ह्यामका लागि सेड बेन्रह्माले एक गोल गरे । अब युनाईटेडले क्वाटरफाइनलमा फुल्हमको सामना गर्नेछ ।


 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्