कारको ठक्करबाट २ जनाको मृत्यु

बुधबार, फागुन १७, २०७९

झापा– झापामा कारको ठक्करबाट २ जना पैदलयात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–८ निवासी ३२ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार कनकाई–८ स्थित लक्ष्मीपुर चोकमा मंगलबार राति १२ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना४च ४५२५ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा उनीहरूलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट दुवैजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्कर दिने कारसहित चालकलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्