मार्चमा २ मैत्रीपूर्ण खेल खेल्दै विश्वविजेता अर्जेन्टिना

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– विश्वकप विजेता अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीले अर्को महिना अर्थात मार्चमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अर्जेन्टिनाले पनामा र कुराकाओसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको अर्जेन्टिनी फुटबल संघले जनाएको छ ।

कतारमा गत डिसेम्बरमा विश्वकपको उपाधि जितेयता पहिलोपल्ट मैदानमा उत्रने लागेको अर्जेन्टिनाले दुवै खेल घरेलु मैदानमा खेल्नेछ ।

पहिलो खेल पनामासँग मार्च २३ मा राजधानी ब्युनस आइरेसस्थित मोनुमेन्टल रंगशालामा हुनेछ ।

दोस्रो खेल मार्च २६ मा कुराकाओविरुद्ध हुनेछ । यो खेल कोर्डोबास्थित मारियो केम्पास रंगशालामा हुनेछ ।


 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्