सवारी दुर्घटनामा ३ जनाको मृत्यु

मंगलबार, फागुन १६, २०७९

राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

कञ्चनरुप–९ विष्णु मन्दिरनजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र २–०२–००१ च ०७४६ नम्बरको बोलेरो पिकअप र पश्चिमबाट पूर्व आउँदै गरेको बा१८च ६६१७ नम्बरको स्करपियो आपसमा ठक्कर खाँदा १ महिला र १ पुरुषको मृत्यु भएको हो ।

सप्तरी प्रहरीका अनुसार स्करपियोमा सवार सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साहको घटनास्थलमै मृत्यु भएको हो ।

बोलेरो पिकअपमा रहेका २ घोडामध्ये एउटा उछिट्टिएर सडकमा पछारिँदा तत्कालै मृत्यु भएको छ । दुवै सवारीमा सवार १२ जना घाइते भएका छन् । 

उनीहरूलाई उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर पठाइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्