यू–१९ एसिया छनोट :

मलेसियाविरुद्ध उत्रँदै नेपाल, लक्ष्य जितको निरन्तरता

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– युएईमा जारी आइसिसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपाल आज आफ्नो चौथो खेलमा मलेसियाविरुद्ध उत्रँदै छ । 

जारी प्रतियोगितामा खेलेका तीनवटै खेलमा नेपालले शतप्रतिशत जित निकालेको छ । यसर्थ, खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुने यस खेल पनि जितेर नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ ।

नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुरलाई , दोस्रो खेलमा शनिबार कुवेतलाई र तेस्रो खेलमा सोमबार हङकङलाई पराजित गरेको थियो ।

२०१६ पछि नेपालले यू–१९ विश्वकप खेल्न पाएको छैन । यसर्थ, नेपाल यसपटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ युएई पुगेको कप्तान देव खनालले बताएका छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् ।

प्रतियोगितामा नेपालसहित आयोजक युएई, सिंगापुर, कुवेत, हङकङ र मलेसिया सहभागी छन् ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने एक टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउने छ । यसर्थ, नेपालका लागि सबै खेल उत्तिकै महत्वपूर्ण छन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०८:५७
प्रतिक्रिया दिनुहोस्