एकैदिन ३ हजार १४८ चालकलाई कारबाही

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार १४८ चालकलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लंघन गर्ने उक्त संख्यामा चालकलाई कारबाही गरेको हो ।  

कार्यालयले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ११४, लेन अनुशासन पालना नगर्ने ९४, रातो बत्ती नमान्ने ५९, हर्न बजाउने ५१, नम्बर प्लेट मेटिएका २८ र अन्य २ हजार ८०२ जनालाई कारबाही गरिएको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालकमाथि विशेष कारबाही गर्दै आएको प्रवक्ता भट्टले बताए ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्