सातदोबाटो केपी ओली कपको फाइनलमा

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

एन्फा कम्प्लेक्समा सोमबार त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६–५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधिनजिक पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि पेनाल्टीमा गएको थियो । पेनाल्टीमा सातदोबाटोका सुदीप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसिडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गरे ।

आर्मीका दिनेश हेन्जन, टेकबहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दीपक गुरुङले गोल गरे  ।

अब फाइनलमा सातदोबाटोले आयोजक केपी ओली एफसी र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्नेछ ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्