एमाले सचिवालय बैठक च्यासलमा जारी

राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुँदै
सोमबार, फागुन १५, २०७९

काठमाडौँ– नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । नेपाली कांग्रेस र नेकपा (माआवादी केन्द्र)को गठबन्धनको तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । उनी कांग्रेसका वरिष्ठ नेता हुन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्