एमाले सचिवालय बैठक ११ बजे बस्दै

राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने
सोमबार, फागुन १५, २०७९

काठमाडौँ– नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । नेपाली कांग्रेस र नेकपा (माआवादी केन्द्र)को गठबन्धनको तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । उनी कांग्रेसका वरिष्ठ नेता हुन् । 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ०८:१४
प्रतिक्रिया दिनुहोस्