नेभिगेशन
समाज विविध

काठमाडाैँमा पहिलाे हिउँदे वर्षा

काठमाडौँ- काठमाडौं उपत्यकासहित देशका केही भागमा हिउँदे वर्षा भएकाे छ ।

काठमाडौँ उपत्यकामा वर्षासँगै चट्याङसमेत परेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको जनाएको छ ।

महाशाखाका अनुसार अक्टोबर १४ पछि आज वर्षा भएको हो । काठमाडौँसँगै देशका अन्य भूभागमा पनि वर्षा भइरहेको छ ।

पोखरामा असिनासहितको वर्षा भएको समाचार छ। प्रदेश १ का केही भूभागमा पनि वर्षा भएको छ ।

यस्तै, मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि (सोमबार) देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

१२ घन्टापछि खुल्यो वीपी राजमार्ग