पर्यटक सुरक्षाका लागि मोबाइल एप

आइतबार, फागुन १४, २०७९

कोलम्बो– श्रीलंकाले यहाँ आउने पर्यटकको सुरक्षाका लागि मोबाइल एप प्रयोगमा ल्याउने भएको छ ।

सोसम्बन्धी एप आगामी मार्च १ देखि लागू गरिने भएको यहाँका पर्यटन मन्त्रीले जानकारी दिए ।

श्रीलंकाका पर्यटनमन्त्री हरिन फर्नान्डोले शनिबार श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना भएको पर्यटनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ ।

उनले सो मोबाइल एपमा ७ भाषाको प्रयोग गरिने भएको र त्यसलाई सबै नागरिकले पनि प्रयोगमा ल्याउन सकिने गरी निर्माण गरिएको पनि जानकारी दिए ।

पछिल्लो समय श्रीलंकामा पर्यटकमाथि पनि आक्रमण हुने गरेको सूचनाका कारण उनीहरूको सुरक्षाकै लागि यो एप बनाइएको पनि उनले जानकारी दिए ।

पर्यटकले कुनै घटना अर्थात् आफू असुरक्षित रहेको विषयमा जानकारी गराउनासाथ यहाँका अधिकारीले सो एप हेर्न सक्ने गरी सो एप निर्माण गरिएको बताइएको छ ।

सो सूचना प्रहरी तथा पर्यटन क्षेत्रका अधिकारी सबैमा जाने र यसै सूचनाका आधारमा ती पर्यटकको उद्धार गर्न सकिने गरी एप निर्माण गरिएको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार