केपी ओली कप : सेमिफाइनल समीकरण पूरा

आइतबार, फागुन १४, २०७९

काठमाडौँ – जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा शनिबार पराजित गर्दै आयोजकको टोली केपी ओली कपमा एफसीले शनिबार केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा केपी ओली एफसीले जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराएको हो ।

आयोजक केपी ओली एफसीले सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा सातदोबाटो युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ । 

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले पाँच लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्