पर्यटक ठगेको आरोपमा ठमेलबाट दुई जना पक्राउ

शनिबार, फागुन १३, २०७९

काठमाडौँ– पर्यटकलाई ठगेको आरोपमा प्रहरीले ठमेलबाट दुई जनालाई पक्राउ गरेको छ। 

पर्यटक प्रहरी ठमेलले आज पर्यटकलाई ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको जनाएको हो ।

सामाजिक सञ्जालमा पर्यटकलाई ठगिरहेको भिडियो देखेपछि पर्यटक प्रहरीले अनुसन्धान अघि बढाएको थियो। भिडियोकै आधारमा  दुई जनालाई पर्यटक प्रहरीले पक्राउ गरी प्रहरी वृत्त सोह्रखुट्टेलाई बुझाएको हो। 
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्