सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

शनिबार, फागुन १३, २०७९

काठमाडौँ– नेकपा (एमाले)ले पूर्वसभामुख सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज ललितपुरको च्यासलमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको एमालेका सचिव योगेश भट्टराईले बताए ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

जसअनुसार कांग्रेसको बैठकले अर्का पूर्वसभाममुख रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । 

राष्ट्रपति निर्वाचनको लागि आजै मनोनयन दर्ता हुँदै छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार