एमाले सचिवालय बैठक च्यासलमा सुरु 

शनिबार, फागुन १३, २०७९

काठमाडौँ– नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केहीबरेअघि बैठक सुरु भएको हो । 

कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

oli1677299255.jpg

यससँगै एमालेसहितको सत्ता गठबन्धन तोडिएको छ । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार यही विकसित पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बसिरहेको हो । 

आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदै छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्