नेभिगेशन
समाज विविध

काठमाडौंँस्थित ११ दूतावासले भन्यो– हामी युक्रेनका साथ छौँ

काठमाडौँ –युक्रेन–रूस युद्धको १ वर्ष पुगेको सन्दर्भमा नेपालस्थित विभिन्न ११ राष्ट्रका दूतावासहरूले संयुक्त वक्तव्य निकालेका छन् । 

१ वर्षअघि फेब्रुअरी २४ तारिखमा भ्लादिमिर पुटिन नेतृत्वको रसियाले युक्रेनको भूमि, युक्रेनी जनता र युक्रेनको सार्वभौमसत्ताविरुद्ध अनुचित युद्ध सुरु गरेको भन्दै उनीहरूले वक्तव्य निकालेका हुन् । 

रसियाले आक्रमण थालेयता युक्रेनमा ८ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको बताउँदै उनीहरूले १ करोड ४० लाख जना आफ्नो घरबाट विस्थापित भएको दाबी गरेका छन्।  

‘एक स्वतन्त्र राष्ट्रमाथि रुसले गरेको दोस्रो विश्वयुद्धपछिकै ठूलो आक्रमणका कारण युक्रेन युद्धभूमि बन्न पुगेको छ’, उनीहरूले भनेका छन्, ‘उक्त आक्रमणले विद्यालय तथा स्वास्थ्य संरचनाहरूलाई ध्वस्त पारेको छ ।’

उनीहरूले यस गम्भीर समयमा समाधानका लागि आशावादी रहेको बताएका छन् । 

‘१२ महिनादेखि युक्रेनी जनताले साहसपूर्वक आफ्नो स्वतन्त्रताको रक्षा गर्दै आएका छन्’, विज्ञप्तीमा भनिएको छ, ‘विश्व समुदाय उनीहरूका पछाडि एकजुट भएको छ । आफ्नो देशलाई ध्वस्त पार्ने रुसको प्रयत्नलाई रोकेपछि युक्रेनी जनता पहिलेभन्दा पनि गर्वित र साहसिला बनेका छन् ।’

‘हामी युक्रेनका साथ यसको स्वाधीनता, शान्ति र स्वतन्त्रताका पक्षमा आज पनि उभिएका छौँ । भविष्यमा पनि उभिइरहने छौँ’, विज्ञप्तप्मा भनिएको ।

वक्तव्य जारी गर्ने दूतावासहरू

अष्ट्रेलियाली दूतावास

बेलायती दूतावास

डेलिगेशन अफ द युरोपियन युनियन टु नेपाल

फिनल्याण्डको दूतावास

फ्रान्सेली दूतावास

संघीय गणतन्त्र जर्मनी

जापानी दूतावास

गणतन्त्र कोरिया

नर्वेजियन दूतावास

अमेरिकी दूतावास

युक्रेनका अवैतनिक महावाणिज्यदूत
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध