नेभिगेशन
समाज विविध

‘भैरहवा विमानस्थलको ४० अर्बको लगानी संकटमा’

काठमाडौँ– भैरहवा विमानस्थल सञ्चालन गरी पर्यटन क्षेत्रमा गरिएको ४० अर्ब लगानी सुरक्षित गर्न एमाले सांसद वासुदेव घिमिरेले माग गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद घिमिरेले यस्तो माग गरेका हुन् । उनले विमानस्थल निर्माण भएको १ वर्ष पूरा हुँदा समेत पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताए ।

केही समयअघि हप्ताको दुइटा उडान भए पनि अहिले बन्द भएको बताउँदै उनले भैरहवा विमानस्थल सञ्चालनमा भारतले अनुमति नदिएकाले उडान हुन नसकेको सञ्चारमाध्यममा आएकाले त्यो सम्बन्धमा सम्बन्धित मन्त्रालयले संसदलाई स्पष्ट जानकारी दिन माग गरे ।

उनले विमानस्थल निर्माणसँगै निजी क्षेत्रले पर्यटन क्षेत्रमा ४० अर्ब रुपैयाँभन्दा बढी लगानी संकटमा परेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध